काठमाडौं : बारा महागढीमाई नगरपालिका–१ मा आइतबार राति एक महिलाको हत्या भएको छ।
बेलुकाको खाना खाएर श्रीमान घर बाहिर निस्किएका बेला ४८ वर्षीया कान्तिदेवी कुशवाहको घरभित्रै हत्या भएको बताइएको छ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार कान्तिदेवीको गालामा धारिलो हतियार प्रहार भएको जानकारी आएको र प्रहरीले अनुसन्धान सुरु गरेको छ।






