Home / Nepal / News / भारतीय टेलिभिजनका चर्चित स्टार सिद्धार्थ शुक्लाको निधन

भारतीय टेलिभिजनका चर्चित स्टार सिद्धार्थ शुक्लाको निधन

काठमाडौं : भारतीय टेलिभिजन इन्डष्ट्रिको चर्चित अनुहार कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ। ४० वर्षीय शुक्लाको बिहीबार हृदयाघातका कारण निधन भएको बीबीसीले जनाएको छ।

शुक्लाले आफ्नो करियरको सुरुवात मोडलिङबाट गरेका थिए। `बाबुल का अंगना छुटे ना’ सिरियलबाट अभिनयको दुनियाँमा पाइला अघि बढाएका सुक्ला ले कलर्स टेलिभिजनको ‘बालिका वधू’बाट चर्चा कमाएका थिए। त्यस्तै उनी ‘बीग बोस’बाट अझ चर्चित बनेका थिए । उनी ‘बीग बोस १३’ का विजेता ह्ुन्।

मुम्बईमा आफ्नी आमा र दुई बहिनीहरूसँग बस्दै आएका उनको कुपर अस्पतालमा निधन भएको जनाइएको छ। अस्पताल अधिकारीहरूका अनुसार उनको अस्पताल पुग्नुअघि नै निधन भइसकेको थियो।

करण जौहरको चलचित्र ‘हम्ती शर्मा कि दुल्हनीया’बाट चलचित्रमा प्रवेश गरेका थिए। यो चलचित्रमा उनले सहायक अभिनेताको भूमिका निभाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *