Home / Nepal / News / काठमाडौंको तापक्रम २.७ डिग्री सेल्सियस, अजबाट तापक्रम बढ्दै जाने

काठमाडौंको तापक्रम २.७ डिग्री सेल्सियस, अजबाट तापक्रम बढ्दै जाने

काठमाडौं : काठमाडौंको आज विहान साढे ६ बजेको को न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस मापन गरिएको छ। दिउँसो काठमाडौंको तापक्रम १८ डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज बाट काठमाडौंको मौसम सफा रहने छ।

मौसमविद् समीर श्रेष्ठका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आँशिक बदली रहे पनि बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आँशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको छ।

यो वर्ष पश्चिमी सक्रिय वायु ढिलो नेपाल प्रवेश गरेका कारण माघको अन्तिमसम्म पनि जाडो रहेको छ। शुक्रबार र शनिबार देशका विभिन्न भू–भागमा पानी परेका कारण अब भने विस्तारै जाडो हट्ने मौसमविद् श्रेष्ठ बताउँछन्।

तराईका भू–भागहरुमा हुस्सु र कुहिरोको अझै सम्भावना रहेकाले आवश्यक सतर्क हुन आग्रह गरेका छन्। यद्यपि अब विस्तारै तापक्रम बढ्दै जाने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *