Home / Nepal / News / बलिउड अभिनेता सलमानको सबैभन्दा लामो प्रेम सम्बन्ध को सँग ?

बलिउड अभिनेता सलमानको सबैभन्दा लामो प्रेम सम्बन्ध को सँग ?

मुम्बई : बलिउड अभिनेता सलमान खानको प्रेम सम्बन्धको चर्चाले सञ्चार माध्यममा खास स्थान पाउने गर्दछ।

सलमानको प्रेम सम्बन्ध र विवाहको कुरामा उनका फ्यान, मिडियादेखि दर्शकको उत्तिकै चासो हुने गर्दछ ।

तर, पछिल्लो लामो समयदेखि सलमानको प्रेम सम्बन्धबारे कुनै खबर बाहिरएको छैन। यसैबीच हालै सलमानले आफ्नो व्यक्तिगत जीवन र सम्बन्धका बारेमा केही खुलासा गरेका छन्। ‘बीग बोस १५’ को लन्चिङ कार्यक्रममा उनले जीवनको सबैभन्दा धेरै समय चलेको प्रेम सम्बन्धका बारेमा खुलासा गरेका हुन् ।

‘टाइगर ३’ को छायांकनका लागि अष्ट्रेलियामा रहेका उनी कार्यक्रममा उतैबाट जोडिएका हुन्। अहिलेसम्म कुनै पनि सम्बन्ध यति लामो समय नटिकेको भन्दै उनले ‘बीग बोस’ सँगको सम्बन्ध उनको जीवनको सबैभन्दा लामो सम्बन्ध भएको खुलासा गरेका हुन्।

सलमान विगत ११ वर्षदेखि यो शो होस्ट गरिरहेका छन्। उनी भन्छन्, “बीग बोस मेरो जीवनको एकमात्रै त्यस्तो सम्बन्ध हो जुन लामो समयसम्म टिक्यो। नभए मेरो सम्बन्ध…होस छोडौं। बीग बोससँग मेरो सम्बन्ध स्थायी फ्याक्टर हो। यद्यपि कहिलेकाँही त्यो चार महिनामा हामी एकअर्काको आमने–सामने हुँदैनौं। अलग भैरहँदा फेरि कहिले कहिले भेटौंहोला भन्ने आतुरता हुन्छ।”

रियल जीवनमा सलमानको कैयौं अभिनेत्रीहरुसँग नाम जोडियो, तर कोहीसँग पनि लामो समय सम्बन्ध अघि बढेन । कम्तिमा २ र बढीमा ३–४ वर्षसम्ममा उनको ब्रेकअपको खबर आइसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *