Home / Nepal / News / आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा चट्याङ्गसहित वर्षा

आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा चट्याङ्गसहित वर्षा

काठमाडौं : हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षाको सम्भावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *