Home / Nepal / सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का

बैतडी : सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्प गएको छ ।

शुक्रबार राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का महसुस गरिएको हो।

४ दशमलब ४ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुलाबाट उत्तरपश्चिम ४० किमी भारतमा रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालले जानकारी दिए।

यसअघि गत असोज ४ गते पनि दार्चुलाको खर्रा केन्दुबिन्दु बनाएर ४ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *