काठमाडौं : नेपालमा अहिले मनसुनी वायुको सामान्य प्रभाव रही हाल देशभर सामान्य बदली रहेको छ।
प्रदेश नम्बर–१, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ।
केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। न्यूनचापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति देशभर सामान्य बदली रहनेछ। धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
पहाडी भू–भागमा पहिरो र गेग्रान बहावको जोखिम तथा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।






