Home / Politics / प्रधानमन्त्री देउवा र भाजपा नेताबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र भाजपा नेताबीच भेटवार्ता

काठमाडौ‌‌ : आइतबार बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र भारतीय जनता पार्टी (भाजपा) का नेता विजय चौथाइवालेबीच भेटवार्ता भएको छ।

आज भएकाे भेटमा चौथाइवालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले‍ पठाएको सन्देश सुनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

ट्विटरमार्फत चौथाइवालेले आफू र देउवाबीच दुई पार्टीबीचकाे सम्बन्धलाई थब बलियाे बनाउने सहमति भएकाे जनाएका छन्।

भाजपाकाे विदेश विभाग प्रमुखसमेत रहेका उनी नेपाली कांग्रेसको निमन्त्रणामा चार दिने अनौपचारिक भ्रमणका लागि नेपाल आएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *