Home / Nepal / हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्बन्धी एमओयू अर्को साता हुने

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्बन्धी एमओयू अर्को साता हुने

काठमाडौं । हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्बन्धी एमओयू अर्को साता हुने भएको छ । 

हिमालयन बैंकको आज बसेको सञ्चालक समितिले मर्जरमा जाने निर्णय गर्दै संयुक्त मर्जर कमिटीको एमओयू डाफ्ट स्वीकृत गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले यसअघि बुधबार नै बोर्ड बैठक बसेर एमओयू गर्न स्वीकृति प्रदान गरिसकेको छ । आगामी साता एमओयू हुने संयुक्त मर्जर कमिटीका एक सदस्यले जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *