काठमाडौं : ‘सरकार नर्सिङ पेसाको महत्त्व कहिले बुझ्ने ?’ नेपाली नर्सहरु आत्मनिर्भर हुन विदेशिने बाध्यता कहिले सम्म ?, करोडौं कमाउने अस्पतालले नर्सको तलब ५-८ हजार मात्रै किन ?, भन्दै नर्सहरुले माइतीघरमा आज (बिहीबार) प्रदर्शन गरेका छन्।
माइतीघरमा विभिन्न मागसहित नेपालमा नर्सिङ पेसा एकदमै कमजोर रहेको भन्दै संघीय राजधानीका विभिन्न नर्सिङ कलेजमा अध्ययनरत एवं विभिन्न हस्पिटलमा कार्यरत नर्सहरुले विभिन्न नारा अंकित प्लेकार्ड प्रदर्शन गरेका थिए।
नेपाल मेडिकल कलेज जोरपाटीमा नर्सिङ पढ्दै गरेकी अनिशा न्यौपाने पनि प्रदर्शनमा सहभागी थिइन्। “नर्सिङ दिवसका दिन पनि नर्सिङ पेसाको हितबारे माग राख्नु हाम्रो इच्छा होइन, बाध्यता हो,” उनले भनिन्।






