मुम्बई : बलिउड अभिनेता रणवीर सिंहले नयाँ चलचित्र ‘सर्कस’का लागि पारिश्रमिक ५० करोड तोकेका छन्।
हरेक सफल चलचित्रसँगै रणवीर सिंहको मार्केट भ्यालु बढिरहेको छ। एकपछि अर्को सफल चलचित्र सँगै उनले आफ्नो पारिश्रमिक अझै बढाउने देखिन्छ। रणवीरले यो चलचित्रका लागि ७५ दिन छायांकनमा बिताउनेछन्। यस अर्थमा रणवीरको एकदिनको पारिश्रमिक ६६ लाख हुनेछ। जसले उनलाई पछिल्लो समयको सबैभन्दा बढी पारिश्रमिक पाउने अभिनेताको सूचीको शीर्ष स्थानमा ल्याउँछ।
सुपरहिट चलचित्र ‘सिम्बा’ पछि रणवीर र रोहितको यो दोस्रो सहकार्य हुनेछ। पुनः एकपटक सय करोड क्लब कमाउने निर्देशन रोहित सेट्टीसँग रणवीर सहकार्य गर्दै छन्। त्यसो त रणवीर ती कमै अभिनेतामा पर्छन्। जसले निर्माताको लगानी उठाउने ग्यारेन्टी दिन सक्छन्।
चलचित्रको सम्पूर्ण छायांकन मार्चसम्म सकाएर २०२१ को हिउँदसम्म रिलिज गर्ने योजना निर्माण टिमको छ। यो ६० दशकमा आधारित अवधि चलचित्र ‘सर्कस’ का प्राय: दृष्य स्टुडियोभित्रै छायांकन हुनेछ। यश चलचित्रमा रणवीरका साथै पूजा हेगडे, वरुण शर्मा र ज्याकलिन फर्नाडिजको अभिनय रहनेछ।






