काठमाडौं : सुजुकीको नेपालका लागि आधिकारि विक्रेता सीजी मोटोकर्पले माघ १७ गते शनिबार ‘सुपर स्याटरडे’को आयोजना गर्ने भएको छ। सुपर स्याटरडे’ मा ग्राहकले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बिमा, एक्स्चेन्ज बोनस र निःशुल्क स्वामित्व हस्तान्तरणको सुविधा मोडेल अनुसार पाउनेछन्।
नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजनले सुजुकीका चारपांग्रेको खरिद गर्ने ग्राहकलाई विशेष अफर दिन लागेको हो। यो अफर माघ १७ गते एक दिनका लागि मात्र देशभरका सबै ३८ वटा डिलरसिपमा लागु हुनेछ।






