काठमाडौं : उखु किसानहरूले आफ्नो उत्पादन बिक्री गरेको वर्षौंदेखिको बक्यौता रकम नपाएको भन्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका छन् ।
तराईका विभिन्न जिल्लाबाट काठमाडौं आए उनीहरुले प्रदर्शन गरेका हुन् । गत वर्ष पुस १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै चिनी उद्योगीहरूबाट किसानहरूलाई भुक्तानी दिलाइदिने सहमति गरेपनि त्यसको पूर्ण कार्यान्वयन नहुँदा उखु किसानहरु पुन काठमाडौं आएर प्रदर्शन थालेका हुन् ।









