काठमाडौं : ग्लोकल टीन हिरो–२०२० को उपाधि रामेछापकी मन्दिरा श्रेष्ठले जितेकी छन्। श्रेष्ठ १९ वर्षीया स्वास्थ्यकर्मी तथा अभियन्ता हुन्।
उनले ‘युपीआरमा बाल नेतृत्वको रिपोर्ट, २०२०’ को टिम लिडरको रूपमा काम गरेकी छिन्। उनी एकीकृत राष्ट्रिय किशोर किशोरी फोरमको सदस्यको रूपमा पनि सक्रिय छन् भने शिक्षामा महिलाको पहुँचका लागि काम गर्दै ट्रि पद्मा चाइल्ड क्लबमा सामाजिक स्वयंसेवकको रुपमा कार्यरत छिन्।






