प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ ।
बैठकले आयोजक कमिटीलाई विघटन गरेर केन्द्रीय कमिटीलाई ब्यूँताउने तयारी छ ।
अदालतले महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक ठहर गरेपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली केन्द्रीय कमिटी ब्यूताउने तयारी गरेको बुझिएको छ ।
आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षलाई पनि बोलाइएको छ।






