काठमाडौं : विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ।
उनको मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ।
कोरोना संक्रमणले समस्या भएपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएका थापाको मंगलबार निधन भएको पार्टीका संयाेजक मिलन पाण्डेले जानकारी दिए।
थापाले भ्रष्टाचारको विरुद्धमा निरन्तर आवाज उठाउँदै आएका थिए ।






