लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि सोमवार भएको चुनावमा अनौठो घटना घटेको छ।
एक जना मतदाताले आफ्नो कोरोना परीक्षणको पीसीआर रिपोर्ट मतपत्रमा राखी मतपत्र आफैंले लिएर गएका छन् । पालिकाका प्रतिनिधिमध्ये एक जनाले मतपेटिकामा मतपत्र राख्नुपर्नेमा कोरोना परीक्षणको आफ्नो पीसीआर रिपोर्ट राखेको भेटिएका हो ।
निर्वाचन कार्यालयले निर्धारित समयभित्र दुई सय ९ ७ जनाले मतदान गरेको सार्वजनिक गरेको र अन्तिम मत परिणाम आउँदा २ सय ९ ६ मात्रै उल्लेख भएपछि खोजी गर्दै जाँदा यो रमाइलो तथ्य फेला परेको हो ।
मतदाताले मतपेटिकामा पीसीआर रिपोर्ट राखेको हुन सक्ने मतगणनामा संलग्न एक अधिकारीले जानकारी दिएका छन् । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपचुनावमा एमालेका उम्मेदवारलाई हराउँदै नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनुभएको छ ।






