Home / Society / मोरङको पथरीमा भएको सडक दुर्घटनामा परी दुइ युबाको ज्यान गयो

मोरङको पथरीमा भएको सडक दुर्घटनामा परी दुइ युबाको ज्यान गयो

पथरी: पथरीशनिश्चरे -२ को पूर्व – पश्चिम सडक खन्डमा सोमबार भएको दुर्घटनामा परी मोरङ मिक्लाजुङ -४ का सन्तोष लिम्बु र सुनिल बिकको मृत्यु भएको छ।

पूर्वबाट पश्चिम जाँदै गरेको को १ च १ ९ ४५ नम्बरको स्कारपियोले नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिँदा लिम्बुको घटनास्थलमा र बिकको उपचारका क्रममा विराटनगर स्थित न्युरो अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

दुर्घटना लगत्तै मोटरसाइकलमा आगो लागेको थियो भने स्कारपियोका चालक दमकका लक्ष्मी धिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Two youths were killed in a road accident at Pathari in Morang district

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *