Home / Politics / प्रचन्डको कुर्शी मोहका कारण सिङ्गो मुलुक अस्तब्यस्त भयो: सहरी विकास मन्त्री प्रभु साह

प्रचन्डको कुर्शी मोहका कारण सिङ्गो मुलुक अस्तब्यस्त भयो: सहरी विकास मन्त्री प्रभु साह

गौर: नेपाल कम्युनिष्ट पार्टीका नेता तथा नवनियुक्त सहरी विकास मन्त्री प्रभु साहले पुष्पकमल दाहाल ‘ प्रचण्ड ‘ र माधव नेपालले देशलाई बर्बाद गर्ने कुचेष्टा गरेकाले आफुँ केपी शर्मा ओलिक पक्षमा आएको बताएका छन् ।

नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले मुलुकमा प्राप्त उपलब्धिहरुको रक्षा गर्न र स्थायित्वका लागि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको संस्थापन पक्षलाई साथ दिन आह्वान गरेका छन।

प्रचण्ड शान्ति प्रक्रिया पश्चात कुर्शीमै सबै क्रान्ति देख्ने रोगले ग्रसित भएको भन्दै नेता साह ले ब्यङग गरेका छन ।

प्रचण्डको सत्ता लोभको परिणामस्वरुप आज कम्युनिष्ट आन्दोलन धारासाही भएको तथा सिङ्गो मुलुक नै अस्तव्यवस्त एवम् अन्योलग्रस्त स्थितिमा पुगेको साहको भनाइ छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *