Home / Nepal / News / उदयपुरमा थप ८ जनामा कोरोना पोजिटिभ, बिस्तृत परीक्षणकालागि धरान लगिँदै

उदयपुरमा थप ८ जनामा कोरोना पोजिटिभ, बिस्तृत परीक्षणकालागि धरान लगिँदै

काठमाडौं । प्रदेश नम्बर एकको उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा थप आठ जनामा कोरोना संक्रमणको देखिएको छ । 

कोशी अञ्चल अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट थप ८ जनामा कोरोना संक्रमण देखिएको श्रोतले जनाएकोछ । उनीहरुलाई लिन प्रदेश १ सरकारले एम्बुलेन्स पठाएको छ । 

यस अघि संक्रमित भनिएकाहरुलाई विराटनगरस्थित कोशी कोरोना अस्पताल अथवा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कहाँ राख्ने भन्ने विषयमा धरानमा चिकित्सकबीच छलफलमा भएको थियो । 

वैशाख ६ गते शनिबार संकलन गरेको ६९ वटा स्वाब कोशी अस्पताल परीक्षण भएको थियो  । 

भुल्केमा मस्जिदमा बसेका दुई नेपालीसहित भारतबाट आएका ११ जना मुस्लिममा कोरोना पुष्टि भएसँगै नेपाली सेनाले भुल्के आसपासको बस्तीमा तीन दिन लगाएर स्वाब संकलन गरेको हो । त्यहाँ तीन दिनमा ३ सय २१ जनाको स्वाब संकलन गरिएको थियो । 

प्रदेश सरकारले प्रतिष्ठानमा पनि आईसोलेसन बनाएको छ ।

आइतबार भुल्के आएको नेपाली सेनाको छाउनी अस्पतालका चिकित्सक टोलीले दुई दिन लगाएर २ सय ५२ जनाको स्वाब संकलन गरेर काठमाडौं लगिसकेको छ । ती नमूनाको परीक्षण काठमाडौंमा भइरहेको छ ।

प्रदेश एकका प्रहरी प्रवक्ता डीएसपी सुमन कुमार तिमिल्सिनाले सबैलाई धरान लगिएको पुष्टि गर्दै थप परीक्षणका लागि लगिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *