चितवन: पुर्ब पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिका ६ हर्दीमा ग्याँस बुलेटको ठक्कर बाट २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती नगरपालिका ५ का नवराज दनै र सचिन दनै रहेका छ्न।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मोटरसाइकलमा सबार दुइ जनालाइ लाई ग्याँस बुलेटले ठक्कर दिएको थियो। ठक्कर दिँदा प्रदेश ३ -३-२२ प ११८ नम्बरको यामाहा मोटरसाइकमा सवार दुई युवाको घटनास्थलमा नै मुत्यु भएको चितवन प्रहरीले जनाएको छ।
घटना लगत्तै स्थानीयबासीले पुर्बपस्चिम राजमार्ग अबरोध गरेका छ्न भने प्रहरीले ग्यास बुलेटका चालकलाई नियन्त्रणमा लिएर घटनाको छानबिन सुरु गरेको छ।






