Home / Nepal / News / चिर्पट प्रहार गरी नाति द्वारा हजुरामाको हत्या: नाति पक्राउ

चिर्पट प्रहार गरी नाति द्वारा हजुरामाको हत्या: नाति पक्राउ

दाङ । आफ्नै हजुरआमा ८४ वर्षीया केशरी घर्तीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा गढवा गाउँपालिका १, चिसापानी बस्‍ने २८ वर्षीय जीवन घर्तीलाई प्रहरीले पक्राउ गरेको छ ।

मानसिक सन्तुलन गुमाएको बताइएका जीवनले आफ्नै हजुरआमा, श्रीमती , छोरा, छोरी र दाजु पाँच जनालाई घरमा सुतिरहेको अवस्थामा एक्कासि चिर्पटले टाउकोमा हानि घाइते बनाएका थिए ।

कुटपिटबाट सख्त घाइते भएकी केशरी घर्तीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटबाट सामान्य घाइते भएका उनका दाजुको स्थानीय स्तरमा र सख्त घाइते भएका अन्य तीनजनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *