काठमाडौँ । चितवनमा पनि र्यापिड टेस्ट मार्फत् कोरोना परिक्षण गर्दा एक जनालाई पोजिटिभ देखिएको छ ।
चितवनको रत्ननगरस्थित गुन्जमान सिंह अस्पतालमा र्यापिड टेस्टका क्रममा एकजनालाई कोरोना पोजेटिभ देखिएको हो।
हिजो अर्थात् मंगलबार मात्रै करिब ३९ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा विदेशबाट फर्किएका एकजनामा कोरोना पोजेटिभ देखिएको हो ।
उनको स्वाबको नमुना लिएर भरतपुर प्रयोगशालामा पठाइएको अस्पतालले जानकारी दिएको छ । अन्य ३८ जनाको भने रिपोर्ट नेगेटिभ देखिएको छ ।
त्यस्तै गुन्जमान अस्पतालमा निर्माण गरिएको अस्थायी कोरोना आइसोलेसन केन्द्रबाट कोरोना परीक्षणको लागि बुधबार तीन जनाको नमुना भरतपुरमा पठाइएकामा रिपोर्ट आउन बाँकी रहेको रहेको बताईएको छ ।






