Home / Society / काठमाडौंमा आज बिहानको तापक्रम ६.२ डिग्री सेन्टिग्रेड, पहाडी भेगमा हिमपातको सम्भावना

काठमाडौंमा आज बिहानको तापक्रम ६.२ डिग्री सेन्टिग्रेड, पहाडी भेगमा हिमपातको सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकाको आज बिहानको तापक्रम ६.२ डिग्री सेन्टिग्रेड रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो काठमाडौं उपत्यकाको तापक्रम न्यूनतम १८ डिग्री सेन्टिग्रेडदेखि अधिकतम २० डिग्री सेन्टिग्रेडसम्म रहने जनाएको छ । 

काठमाडौं उपत्याकामा आज दिउँसो सामान्य बादल लागे पनि मौसममा बदली भने नआउने मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । उनका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा उच्च पहाडी भेगमा आज मौसम बदलीसँगै हिमपातको सम्भावना रहेको छ । 

“तराईका जिल्लामा बिहान पातलो हुस्सु लागे पनि घाम लाग्दै जाँदा पातलो भइसकेको छ,” नगरकोटी भन्छिन्, “तर, यो भिजिविलिटी हवाई तथा सडक यातायात सञ्चालनमा प्रभाव पार्ने तहको थिएन ।” 

Leave a Reply

Your email address will not be published. Required fields are marked *