काठमाडौं : कोरोनाभाइरसको संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार १४ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाका ६० नयाँ संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७५ हजार १७८ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर ७२ जना कोरोनामुक्त भएका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ७१ हजार २४९ पुगेको छ। हाल देशभर ९१५ जना आइसोलेसन र ४९ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको छ।






