Home / Nepal / News / अष्ट्रेलियामा नेपाली समुहबीच भिडन्तहुँदा एकको मृत्यु, घटनाको अनुसन्धान भैरहेको प्रहरीद्धारा जानकारी

अष्ट्रेलियामा नेपाली समुहबीच भिडन्तहुँदा एकको मृत्यु, घटनाको अनुसन्धान भैरहेको प्रहरीद्धारा जानकारी

सिड्नी, १५ चैत । अष्ट्रेलियाको सिड्नीमा दुई नेपाली समुहबीच भएको भिडन्तमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

ललितपुर इमाडोल घर भइ ४ वर्ष अघि अष्ट्रेलिया आएका अमित कार्कीको मृत्यु भएको हो ।

सेन्ट जर्जका प्रहरी अधिकारीका अनुसार मार्च २१ मा दक्षिण सिड्नीको हर्सटभिलस्थित एउटा पबमा दुई नेपाली समूहबीच झगडा भएको थियो । घटना पछि पबका सुरक्षाकर्मीले उनीहरुलाई बाहिर निकालेका थिए ।
ति समूह एक अर्काको बिरूद्ध गए पछि दुर्भाग्यवश अमित कार्की ३ किलोमिटर टाढाको रेलवे परेडको घाँसे तटबन्धमा खसेका थिए ।
अमितको टाउकोमा गम्भीर चोटपटक लागेको छ र अमित फोहोरमा पसेको पाएपछि आपतकालिन सेवा तुरुन्त बोलाइएको थियो । कार्कीलाई तुरुन्तै मार्च २१ को बिहान अस्पताल भर्ना गरिएको थियो ।

घाइते अर्का २३ वर्षे युवाको अवस्था अहिले सामान्य रहेको बताइएको छ ।

एनआरएनएद्धारा शोक व्यक्त
एनआरएन अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले घटनाको पुष्टि गर्दै भने, “अमित कार्की तीमध्ये एक हुन् जसलाई सेन्ट जर्ज अस्पतालमा भर्ना गरिएको छ जसको उपचारको क्रममा मंगलबार मृत्यु भयो।“

https://www.facebook.com/nanda.gurung1/posts/10220036924407262

एनआरएन संयोजकले फेसबुक पोष्ट मार्फत सो घटनाप्रति शोक व्यक्त गरेका छन् । फेसबुक पोस्टमार्फत उनले नेपाली युवाहरुलाई त्यस्तो मूर्खतापूर्ण झगडाबाट जोगिन समेत आग्रह गरेका छन् ।

एनआरएनए समुदायका नेताहरूले मृतक बिद्यार्थीहरूको पहिचान पत्ता लगाउनको लागि सोशल मीडिया अपनाएका छन् । अस्ट्रेलियामा बसोबास गर्ने सयौं नेपालीले सो घटना प्रति चिन्ता व्यक्त गरिरहेका छन् ।

सिड्नी प्रहरीले पक्राउ परेका व्यक्तिको नाम अझै सम्म खुलाएको छैन र अनुसन्धान जारी रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *