जलेश्वर : महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान ९ बजे गौशालातिर जाँदै गरेको ना ८ ख ९८० नं को टिपरले विपरीत दिशाबाट आइरहेको ज६प १४०९ नं को मोटरसाइकल लाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको बलवा नगरपालिका–९ बस्ने १९ वर्षीय प्रमोदराम चमार र औरही नगरपालिका–४ बस्ने १७ वर्षीय गुड्डु नदाफ रहेको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन्।
उनका अनुसार, घटनापश्चात् स्थानीयवासीले शव सडकमा राखेर गौशाला– सम्सी सडकखण्ड जाम गरेका छन् भने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।






