मुम्बई : बलिउड अभिनेता वरुण धवन नताशा दलालसँग विवाह बन्धनमा बाँधिएका छन्। उनीहरुले लामो प्रेमसम्बन्धलाई २४ जनवरीमा विवाह बन्धनमा परिणत गरेका हुन्।
कोरोना महामारीको युगमा विवाह बन्धनमा बाँधिएका उनीहरुको समारोहमा सहभागी सबैको कोरोना परिक्षण पछि मात्रै भित्र जाने अनुमति थियो। करण जौहर, मनीष महल्होत्रालगायत केही बलिउडकर्मीहरु र नजिकका पारिवारिक व्यक्तिहरुको उपस्थितीमा मात्रै विवाह समारोह गरिएको थियो भने फोटो लिक नहोस् भनेर स्टाफहरुको मोबाइलको क्यामरामा स्टिकर टासिएको थियो।
उनीहरुको विवाह समारोह अलिबागको मेन्सन हाउस नामक रेर्सोटमा गरिएको हो। भारतीय मिडियाका अनुसार साथीभाई र बलिउड इन्डष्ट्रिका व्यक्तित्वहरुका लागि २ फेबु्रअरीमा मुम्बईमा रिसेप्सन पार्टी राखिने छ।
वरुण र नताशा बाल्यकालदेखिका साथी थिए। नताशा फेसन डिजाइनर हुन् ।






