चितवन : चितवनमा स्कुल बसले ठक्कर दिंँदा मोटरसाइकलमा सवार सोलुखुम्बुको टापटिङ्ग– ५ बस्ने चालक अनिल मगर र पछाडि सवार धरान–९ का गौरव राईको मृत्यु भएको छ।
बा२ख ५६७४ नम्बरको बस पूर्वबाट पश्चिम गएर दायांँ मोड्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जांँदै गरेको बा९२प ५२०४ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान रत्ननगर नगरपालिका–१० स्थित राजमार्गमा ठक्कर दिंँदा उक्त दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बस चालक फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।






