काठमाडौं : अफगानिस्तानको पछिल्लो घटनापछि २९२ जना नेपाली स्वदेश फर्किएका छन्।
अध्यागमन विभागका अनुुसार मंगलबार १ सय २७ जना नेपाली स्वदेश फर्किएका छन् । अफगानिस्तानमा रहेको नेपालीहरूलाई कुबेत हुँदै स्वदेश ल्याइएको हो ।
अफगानिस्तानमा कार्यरत नेपालीहरूमध्ये १ सय ६५ जना यसअघि नै स्वदेश फर्किइसकेका थिए । स्वीकृती पाएर अफगानिस्तानमा कार्यरत अझै धेरै नेपाली उद्धारको पर्खाइमा छन्।
विद्रोही तालिबान समूहले अफगानिस्तानमा नियन्त्रण जमाएपछि त्यहाँका राष्ट्रपति असरफ घानीले देश छाडेका छन्। विभिन्न देशहरुले सेना पठाएर आफ्ना नागरिकहरुलाई उद्धार जारी राखेका छन्। परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघ र सहयोगी देशहरुलाई पत्र लेखेर नेपालीहरुलाई पनि उद्धार गरिदिन आग्रह गरेको छ।






