Home / Sports / रिम्सविरुद्धको खेलमा मेस्सीले डेब्यू गर्ने

रिम्सविरुद्धको खेलमा मेस्सीले डेब्यू गर्ने

बीबीसी : अर्जेन्टिनाका चर्चित खेलाडी लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि रिम्सविरुद्ध खेल्दै फ्रेन्च लिग वानमा डेब्यू गर्ने भएका छन्।

मेस्सी यो सिजन मात्र स्पेनिस क्लब बार्सिलोनाबाट पीएसजीमा आएका हुन्। पीएसजीले आगामी अगस्ट २९ मा रिम्ससँग उसैको मैदानमा खेल्नेछ। त्यस खेलबाट मेस्सीले डेब्यू गर्ने स्काई बीबीसीले जनाएको छ।

अर्जेन्टिनाका कप्तान मेस्सीलाई पीएसजीले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो। बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका हुन्। ३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन्।

मेस्सी अनुबन्ध भएपछि पीएसजीले एक खेल खेलेको छ। पीएसजीले दुई खेलमा लगातार जित निकालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *