काठमाडौं : राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुँदै छन्।
पहिलो खेल मध्याह्न १२ः०० बजे नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब र स्याङ्जाको वालिङ नगरपालिकाबीच तथा दोस्रो खेल दिउँसो ३ः०० बजे नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीच हुने नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।






