फुङ्लिङ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ।
नेपालको ओलाङचुङगोला र चीनको सीमामा बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानाएको छ ।
फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाका अनुसार ओलाङचुङगोलामा भूकम्पले पूरै घर हल्लाए पनि कुनै क्षति नभएको र घर हल्लिएपछि मान्छे घरबाहिर निस्केका थिए। उक्त भूकम्पको धक्का ताप्लेजुङ सदरमुकामसम्म नै महसुस गरिएको स्थानीयवासी विवश केदेमले बताए।






