नवलपरासी पश्चिम । अवैध लागुऔषध गाँजासहित रामग्राम नगरपालिका–१० नदवामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४५ वर्षीया मीना कुर्मीसहित ४ जना छन् । उनीहरुको साथबाट ८ सय ग्राम गाँजा बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गाँजा र लु १२ प ५०४८ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो ।






