Home / Nepal / News / अवैध रुपमा भन्सार छली गरि ल्याएको ११ हजार १०० लिटर डिजेलसहित दुईजना पक्राउ

अवैध रुपमा भन्सार छली गरि ल्याएको ११ हजार १०० लिटर डिजेलसहित दुईजना पक्राउ

काठमाडौं : मोरङको विराटनगर महानगरपालिका–११ स्थित केशलिया सडकबाट अवैध रुपमा सिटी रिक्सा र चारवटा मोटरसाइकलमा भन्सार छली गरि ल्याएको ११ हजार १०० लिटर डिजेलसहित दुईजना पक्राउ परेका छन्।

को२स १८०७ नम्बरको सिटी रिक्साका चालक विराटनगर महानगरपालिका–११ का ४५ वर्षीय नरेश सहनीलाई ४०० लिटर र बा१६प ३७०२ नम्बरको मोटरसाइकलका चालक सुनसरी साहेबगन्जका १८ वर्षीय किशोरलाई १७५ लिटर डिजेलसहित प्रहरीले पक्राउ गरेको हो।

यस्तैै, को३प ३३६१ नम्बर, को२प २४३० नम्बर र को५प ८८६७ नम्बरको मोटरसाइकलबाट जम्मा ५२५ लिटर डिजेलसमेत प्रहरीले बरामद गरेको छ। फरार तीनजना मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *