काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिताले आयोजना गरेको राष्ट्रिय महिला लिग फुटबल आजबाट सुरु हुँदैछ।
दशरथ रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा विभागीय टिमहरु नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बीच प्रतिस्पर्धा हुँदै छ। दुई टोलीबीचको उद्घाटन खेल दिउँसो २ बजे सुरु हुनेछ।
आजको खेलमा दर्शकहरुले निःशुल्क प्रवेश पाउनेछन् । महिला लिग पहिलोपटक आयोजना गरिएको हो।
तीन विभागीय टोलीहरु (सशस्त्र प्रहरी बल (एपीएफ) नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लब)सहित चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्। डबल राउन्ड रोबिनको आधारमा हुने महिला लिगमा ७ टोलीको सहभागिता रहेको छ।
सहभागी टोलीले ४ विदेशी खेलाडीसमेत राख्न पाउनेछन् ।






