महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका–८, हल्दुखालकी ३० वर्षीया विन्दु पन्त पाण्डेय दुई दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ।
मंगलबार दिउँसो बारीमा घाँस काट्न जाने भन्दै साइकलमा हिँडेकी पाण्डेय राति अबेरसम्म घर नफर्किएपछि उनको खोजी कार्य जारी रहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले परिवारबाट महिला हराएको खबर पाउनासाथ प्रहरी टोली खोजीमा जुटिरहेको बताए।
महिलाको मोबाइल फोन स्वीच अफ रहेको र ‘‘खोज्दै जाँदा महिलाको साइकल भीमदत्त नगरपालिका–९ मा भेटिएको छ,’’ उनले भने, ‘‘महिलाको खोजी भइरहेको छ।’’ प्रहरीले जनाएको छ।
बेपत्ता पाण्डेयका श्रीमान् नेपाली सेनामा छन्।






