काठमाडौं : काठमाडौंमा शुक्रबार बिहान भूकम्पको गएको छ। बिहान ७ बजेर ५ मिनेटमा भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको जनाएको छ। केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ।






