Home / Politics / काङ्ग्रेसका नेता अमरेशलाई कारबाही गर्न गृह जिल्लाकै जनप्रतिनिधि र नेताहरुको माग

काङ्ग्रेसका नेता अमरेशलाई कारबाही गर्न गृह जिल्लाकै जनप्रतिनिधि र नेताहरुको माग

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा संघीय संसद सदस्य अमरेश कुमार सिंहलाई कारबाहीको माग गरिएको छ। गृह जिल्लाकै जनप्रतिनिधि र नेताहरुले उनलाई कारबाही गर्न केन्द्र समक्ष माग गरेका छन्।

क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा बुझाएका सिंहलाई उनकै जिल्लाका जनप्रतिनिधि तथा नेताहरुले कारबाही गर्न माग पार्टी सभापति शेरबहादुर देउवा समक्ष माग गरेका हुन् ।

पार्टी विरोधी र पार्टी संगठनलाई कमजोर गर्ने कार्यमा संलग्न भएको भन्दै सिंहलाई पार्टी विधान बमोजिम कारबाही नभए आफूहरुले नै राजीनामा दिने उनीहरुले चेतावनी दिएका छन् ।

कांग्रेसबाट प्रदेशसभाका मन्त्री बनेका प्रदेश सांसदसहित १२ जनाले पार्टी सभापति देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै कारबाहीको माग गरेका हुन् ।

सांसद सिंहको तानाशाही र अधिनायकवादी प्रवृत्तिबाट सर्लाही क्षेत्र नम्बर ४ का नेता/कार्यकर्ता आतंकित भइसकेको भन्दै उनीहरुले पार्टी सभापति ध्यानाकर्षण गराएका छन्।

अमरेशले पार्टी विरोधी कृयाकलाप गरेको, पार्टीको विधी, विधान, पद्धति र संगठनको निर्णयलाई बेवास्ता गरी अगाडि बढ्न खोजेको, पार्टीका कार्यक्रमहरुमा सहभागी नहुने गरेको उनीमाथि जिल्लाका नेता तथा कार्यकर्ताहरुले आरोप लगाएका छन् ।

पटक–पटक संसदीय कोषको रकम हिनामिना गरी पार्टीलाई बदनाम गराएकोलगायत उनीमाथि आरोप लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *