काठमाडौं : त्रिभुवन विश्वविद्यालयको आंशिक प्राध्यापक सङ्घले प्रक्रिया पूरा गरी स्थायी गर्न माग गर्दै आइतबार कीर्तिपुरस्थित विश्वविद्यालयको उपकुलपतिको कार्यालय परिसरमा शङ्खनाद गरेको छ।
सङ्घको जारी आन्दोलनका क्रममा बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म त्यहाँ सहभागी करिब १०० आंशिक प्राध्यापकले शङ्ख बजाएर आवाज उठाएका थिए।
सङ्घका प्रचार विभाग सदस्य सुरेश भट्टराईले आफूहरुले समान कामका लागि समान दामका लागि आन्दोलन गरेको बताए। सो विश्वविद्यालयमा हाल करिब दुई हजार आंशिक कार्यरत् छन्।





