Home / Nepal / प्रदेश नम्बर–१ र प्रदेश नम्बर–२का सडकबाट ३५० बेसहाराको उद्धार

प्रदेश नम्बर–१ र प्रदेश नम्बर–२का सडकबाट ३५० बेसहाराको उद्धार


काठमाडौं : मुलुकलाई नै बेसहारा सडकमानवमुक्त बनाउने उद्देश्य बोकेर मेची–महाकाली उद्धार अभियानमा लागेको मावनसेवा आश्रमले पछिल्ला १० दिनमा झन्डै ३५० बेसहाराको सडकबाट उद्धार गरेको छ।

आश्रमका अध्यक्ष रामजी अधिकारीले यही पुस ७ गतेबाट सुरु भएको एकमहिने मेची–महाकाली सडक उद्धार अभियानका क्रममा आइतबारसम्म यसरी उनीहरुलाई उद्धार गरी संरक्षण दिएको जानकारी दिए।

प्रदेश नम्बर–१ बाट २५४ र प्रदेश नम्बर–२ बाट ८१ सहयोगापेक्षीको उद्धार गरिएको तथा बाँकी वाग्मती र गण्डकी प्रदेशका केही जिल्लाबाट उद्धार भएका छन्। अहिले पनि गण्डकी प्रदेशमा उद्धारको अभियान जारी छ। यो अभियान विभिन्न स्थानीय तहसँगको समन्वयमा उद्धार अभियान चलाइएको छ।

सरकारले वि.सं. २०७८ भित्र मुलुकलाई बेसहारा सडकमानवमुक्त मुलुक बनाउने उद्घोष गरिसकेको छ। उक्त सरकारी सङ्कल्प पूरा गर्ने आधार तयार पार्न मानवसेवा आश्रमले अहिले राष्ट्रिय उद्धार अभियान लिएर मेची–महाकाली सडक यात्रा गरेको आश्रमले जनाएको छ।

वि.सं. २०६९ मा स्थापना भएको उक्त आश्रमले कोही पनि भोको नाङ्गो भएर र एक छाक खान नपाएर, माग्न पनि नसक्ने अवस्थामा सडकमा बसिरहेका व्यक्तिको संरक्षण गर्ने योजनाका साथ सातै प्रदेशका विभिन्न जिल्लामा पुगेर असहायहरुको उद्धार गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *