काठमाडौं: आज भाद्र शुक्ल तृतीया अर्थात हिन्दु नारीहरुको महान पर्व हरितालिका ( तीज ) पर्व देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ।
आजका दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख , शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।
शास्त्रीय मान्यता अनुसार महिला, पुरुष दुबैले हरितालिका ( तीज ) को व्रत गर्नुपर्ने लेखिएको भएपनि समाजमा भने महिलाले आफ्नो श्रीमानको दीर्घायुको कामनाका लागि व्रत बस्ने गर्दछ्न।
आजका दिन व्रत बस्नाले बिबाहित नारीले आफ्नो श्रीमानको सुस्वास्थ एबम दिर्घायुको कामना गर्ने र अविवाहित नारिले गुण सम्पन्न वर पाउने मान्यता रहेको छ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन भन्ने मान्यता रहेको छ।
बिस्वब्यापी महामारी कोभिड१९ का कारणले सामुहिक रुपमा भेला हुने नाचगान र रमाइलो गर्ने जस्ता क्रियाकलाप नभए पनि आफ्नै घरमा बसेर व्रत तथा पुजा आरधना भने गरिरहेका छन।






