काठमाडौं : नारायणी र यसका सहायक नदीहरूमा आज पानीको बहाव बढ्ने पूर्वानुमान छ। मझौला नदीहरू कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईलगायतमा पनि बहाव बढ्ने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ।
कोसी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य बढ्ने तथा सतर्कता तहभन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुंगा, खोटाङ, भोजपुर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, सप्तरी, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, सिन्धुली, मकवानपुर, चितवन, पर्वत, स्याङ्जा, तनहुँ, नवलपुर, बागलुङ, म्याग्दी, कास्की, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया, रोल्पा, सुर्खेत, सल्यान, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, अछाम, डोटी, कञ्चनपुर, कैलाली र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।
नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।






