Home / Society / आइतवार पनि देशैभरी बर्षा हुने, मौसममा सुधार आउन अझै केही दिन लाग्ने

आइतवार पनि देशैभरी बर्षा हुने, मौसममा सुधार आउन अझै केही दिन लाग्ने

केहीदिन यता भइरहेको बर्षाका कारण तराईका विभिन्न भाग डुबानमा परेको छ भने पहाडमा ठाउँ-ठाउँमा पहिरो ले जनजिवन अस्तब्यस्त भएको छ।

काठमाडौं उपत्यकामा आज आइतबार पनि पानी परिरहेको छ। प्रदेश-१ बाहेक गण्डकी, बाग्मती, लुम्बिनी, सुदुर-पश्चिम, कर्णाली र प्रदेश २ का धेरै जिल्लामा अहिले पनि पानी परीरहेको छ।

मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले केही दिनयता पानी परिरहेको जल तथा मौसम बिभागले जनाएको छ ।
बिभागका अनुसार मंगलबार बिहानबाट मौसममा सुधार भएपनी पु:न
साँझबाट पानी पर्ने मौसम पूर्वानुमान साखाले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *