काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ भोलि संयुक्त सम्बोधन गर्ने भएका छन्।
“सहमतिको विस्तृत विवरण यही फागुन २१ गते दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिनेछ। उक्त समारोहलाई नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट उक्त पार्टीका महासचिव कमरेड विप्लवले सम्बोधन गर्नुहुनेछ,” वार्ता समितिका संयोजकद्वय रामबहादुर थापा बादल र प्रकाण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
भोलि हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शार्म ओली र विप्लवले सम्बधोन गर्नेछन्। विप्लव पछिल्लो तीन वर्षयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन्।






