काठमाडौं : नेपालको नम्बर एक सिङगिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ २०७७ चैत ६ गतेबाट प्रशारण हुने भएको छ। ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ चैत ६ गतेबाट प्रशारण हुन लागेको हो।
‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलका अनुसार हरेक शुक्रबार र शनिबार राति ८ बजेबाट उक्त सो प्रशारण हुने छ । यो पटक कोचमा एकजना परिवर्तन भएको छ। तृष्णा गुरुङलाई दर्शकले यो पटक नयाँ कोचका रुपमा देख्न सकिने छ।
आस्था राउतको ठाउँमा नयाँ कोचमा अनुबन्ध भएकी छिन् ।गायिका तृष्णा गुरुङ लोकपप शैलीका गीतमार्फत् नेपाली युवापुस्ताका दर्शकमाझ लोकप्रिय छिन्। अन्य तीन कोचमा दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा छन्।






