Home / Nepal / News / आज निर्जला एकादशी, तुलसीको बिउ राखिदै

आज निर्जला एकादशी, तुलसीको बिउ राखिदै

काठमाडौं : जेष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी। तुलसीको दल(बिउ) राख्ने दिन। 

यो दिन छरिएको बिउ एक महिनापछि आषाढ शुक्ल एकादशीका दिन तुलसी मठमा सार्ने विधान छ।

 हिन्दु परम्परामा यो दिन निर्जल (पानीसमेत नपिई) व्रत बस्ने परम्परा छ। दिनभर व्रत बसी भगवान् विष्णुको पूजाआराधना गर्ने र माहत्म्य वाचन श्रवण गरिन्छ।

एकादशी भगवान् विष्णुसँग सम्बन्धित पर्व हो। एकादशीका दिन विशेषगरी भगवान् विष्णुको पूजा आराधना गर्ने र माहत्म्य पाठ गर्नेजस्ता कर्म गरिन्छ।

एकादशी शुक्ल र कृष्ण पक्षमा गरी महिनामा दुई पटक पर्छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *