Home / World News / डब्ल्यूएचओको चेतावनी : दक्षिण अमेरिकी देशमा कोरोना संक्रमणको महामारी अझै फैलिन बाँकी छ

डब्ल्यूएचओको चेतावनी : दक्षिण अमेरिकी देशमा कोरोना संक्रमणको महामारी अझै फैलिन बाँकी छ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले दक्षिण अमेरिकी देशमा कोरोना संक्रमणको महामारी अझै फैलिन बाँकी रहेको चेतावनी दिएको छ ।

कोरोना संक्रमण उच्च दरमा फैलिरहेका बेला दक्षिण अमेरिकी देशले लकडाउन खुकुलो पार्दै गएपछि डब्ल्यूएचओले चेतवानी दिएको हो । 

डब्ल्यूएचओका डा. माइक रियानले दक्षिण अमेरिकाको अवस्था कोरोनाका कारण अझै भयावह हुने बताएका बीबीसीले जनाएको छ ।

मेक्सिकोमा कोरोनाले १० हजारको मृत्यु भइसकेको छ । तर दुईमहिनाको लकडाउन पछि उत्पादन तथा निर्माण कार्य गर्न सरकारले अनुमति दिएको छ । 

ब्राजिलमा अमेरिकापछि सबैभन्दा धेरै कोरोना संक्रमण देखिएको छ । तर यही देशमा साओ पाउलोलगायत केही सहमा लकडाउनमा छुट दिइएको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *