Home / Politics / आज तेह्रौ गणतन्त्र दिवस अनौपचारिक रुपमा मनाइदै

आज तेह्रौ गणतन्त्र दिवस अनौपचारिक रुपमा मनाइदै

काठमाडौं – मुलुकमा औपचारिक गणतन्त्र घोषणा भएको १२ वर्ष पूरा भई तेह्रौं वर्ष लागेको छ ।


जनआन्दोलन २०६२/६३ पछि भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो।

२ सय ३८ वर्ष लामो शाह बंशिय राजपरम्पराको अन्त्य भएको उक्त दिनलाई गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।

सरकारले विगतमा गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिदै आए पनि गत वर्षदेखि गणतन्त्र दिवसकव बिदा कटौती गरेको थियो।


कोरोनाको महामारीका कारण गणतन्त्र दिवसको अवसरमा सरकारले कुनै औपचारिक कार्यक्रम तय नगरेपनि मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार सङ्घ प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी र गैरसरकारी कार्यालय ,

नागरिक एवं विदेशस्थित नेपाली दूतावास , नियोग तथा वाणिज्य दूतावासमा जेठ १४ , १५ र १६ गते तीन दिन साँझ दीपावली गरी गणतन्त्र दिवस मनाउन अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *