विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण ज्यान गुमाउनेको संख्या ३ लाख ५३ हजार ६ सय २१ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म ५७ लाख २७ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।
विश्वभरबाट २४ लाख ६० हजार ८ सय ४१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यसको चपेटामा सबै भन्दा बढि संयुक्त राज्य अमेरिकामा परेको छ भने ब्राजिलले पछ्याइरहेको छ।
यसैगरी नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट ज्यान गुमाउनेको संख्या ४ रहेको र आज मात्र थप १ सय १४ जना संक्रमित थपिएका छन ।
कुल ८ सय ८६ जना सन्क्रमित मध्धे १ सय ८३ जना निको भएर घर फर्किएका छन् ।





